काठमाडौं ९ मा एमालेका कृष्णगोपाल निर्वाचित,ओलीले दिए सामाजिक सञ्जाल मार्फत बधाई

काठमाडाैं | मंसिर ६, २०७९

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल निर्वाचित,ओलीले दिए सामाजिक सञ्जाल मार्फत बधाई

 काठमाडौं:  काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो ।


नेता श्रेष्ठका स्वकीय सचिव विवेक महर्जनका अनुसार श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी घण्टी चुनाव चिन्हका पोखरेलले १० हजार ९६१ मत ल्याउनुभयो । यसैगरी गठबन्धन उम्मेदवार माओवादी केन्द्रका नेत्री कल्पना धमलाले ६ हजार ४०२ मत ल्याउनुभयो । 


नेता श्रेष्ठ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा श्रेष्ठ शिक्षा तथा शहरी विकासमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 


नेता श्रेष्ठ निर्वाचित हुनुभएपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उहाँलाई बधाई ज्ञापन गर्नुभएको छ । सोहीअनुसार एमालेका नेता कार्यकर्ताहरु श्रेष्ठको विजयीसँगै विजयी र्याली प्रदर्शन गर्नुभएको छ । नेता श्रेष्ठ निर्वाचित भएको विजयोत्सव भए पनि आयोगले आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहेको स्वकीय सचिव महर्जनले बताउनुभयो । 

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको विशेष महाधिवेशनको आजको कार्यतालिका अनुसार बिहान १० बजेदेखि बन्दसत्र सञ्चालन गरिन...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा ...

थप पढ्नुहोस्

पोखरा:  नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ ।   स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत व...

थप पढ्नुहोस्